Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बस र भ्यान जुध्दा चालकको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर २५ २०७८, शनिबार
बस र भ्यान जुध्दा चालकको मृत्यु

बिर्तामोडः झापाको बाह्रदशी गाउँपालिका ३ मा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
त्रिवेणी चौकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र१–०१–००१–ख ३५२४ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको मे१च २२२६ नम्बरको भ्यान एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा भ्यान चालकको मृत्यु भएको छ भने भ्यानमा सवार ५ जना घाइते भएका छन् ।
शनिबार बिहान ७ बजे भएको सो दुर्घटनाबाट घाइते भएका भ्यान चालक बाह्रदशी गाउँपालिका १ भागडुब्बाका ३४ वर्षीय प्रमोदचन्द्र उप्रेतीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट घाइते हुनेहरुमा बाह्रदशी गाउँपालिका १ का ५५ वर्षीया किमारी निरौला, ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रञ्जिता निरौला, १७ वर्षीया दुर्गा घिमिरे र १२ वर्षीय विशाल पौडेल रहेका छन् ।
घाइतेहरुको उपचार भइरहेको छ । बस र बस चालक बाह्रदर्शी गाउँपालिका ६ का ३४ वर्षीय हर्कबहादुर विक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: मंसिर २५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend