Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कार र मोटरसाइकल जुध्दा एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर २६ २०७८, आइतबार
कार र मोटरसाइकल जुध्दा एकजनाको मृत्यु

बिर्तामोडः झापाको बिर्तामोड–२ मा कार र मोटरसाइकल जुध्दा एकजनाको मृत्यु भएको छ ।
रामचोक भित्री सडक खण्डमा कार र मोटरसाइकल जुधेका थिए । दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–११ का ५० वर्षीय नगेन्द्र भण्डारीको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
दुर्घटना शनिबार राति ७ बजे भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा१९च ४०५ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना२०प २१८८ नम्बरको मोटरसाइकल एकआपसमा जुधेका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै सवारी साधन र कारका चालक झापाको बाह्रदशी गाउँपालिका–४ का ३९ वर्षीय टङ्कबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । प्रहरीले मोटरसाइकलको लापरबाहीका कारण दुर्घटना भएको जनाएको छ ।
यस्तै, शनिबार ७ बजे नै सुनसरीको कोशी गाउँपालिका–३ मा भएको दुर्घटनामा दुईजना गम्भीर घाइते बनेका छन् ।
जमुवा चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको को३प ७२११ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा कोशी गाउँपालिका ३ बस्ने वर्ष ५६ कि कारीदेवी यादवलाई ठक्कर दिई दुर्घटना हुँदा पैदलयात्री र मोटरसाइकल चालक इनरुवा–३ बस्ने वर्ष ४५ को दीपक परियारको टाउको र अनुहारमा चोट दुवै गम्भीर घाइते बनेका छन् । यस्तै, इनरुवा–३ बस्ने वर्ष ४५ कि जानकी परियार सामान्य घाइते भएकी छिन् । गम्भीर घाइते कारीदेवीलाई विराट नर्सिङहोम विराटनगर पठाइएको छ भने दीपकलाई धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर २६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend