Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अवैधरुपमा ढुंगा, बालुवा चोरी गर्दै गरेका सातवटा ट्याक्टर नियन्त्रणमा

हाम्रो कोशी आवाज
मंसिर २६ २०७८, आइतबार
अवैधरुपमा ढुंगा, बालुवा चोरी गर्दै गरेका सातवटा ट्याक्टर नियन्त्रणमा

सुनसरीः सुनसरीको इटहरीमा अवैधरुपमा चोरी गर्दै गरेको अवस्थामा सातवटा ट्याक्टर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीले सो ट्याक्टर पक्राउ गरी कारवाहीका लागि इटहरी उपमहानगरपालिका पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । बुढीखोलाबाट अवैधरुपमा बालुवा, गिट्टी, ढुङ्गा चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए ।
यस्तै, प्रहरी टोलीले इहटरी–६ स्थित पूर्व–पश्चिम लोकमार्गको बुढीखोला पुलनजिक कवाड सामान लोड गरी आउँदै गरेको ट्रक पक्राउ गरेको छ ।
झापाबाट कवाडी सामान लोड गरी आउँदै गरेको लु२ख ४८८८ नम्बरको ट्रक रोकी जाँच गर्ने क्रममा ट्रक चालकले उपलब्ध गराएको बिल (प्यान बिल) मा पुरानो कवाडीको फलामका सामान १५ हजार ४ सय ७० किलो तौल र मूल्य आठ लाख चार हजार चार सय चालिस उल्लेख गरेको पाइएको हुँदा सो कवाडी सामान पान बिलमा कारोबार गरी राजश्व छली गरेको शंका लागेकोले थप अनुसन्धानको लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइयो प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर २६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend