धरानः धरान-१२ स्थित हिमालयन बोर्डिङ स्कुलका विद्यार्थीले खाजा खर्च कटाएर एक बिरामीलाई सहयोग गरेका छन् ।
उदयपुरको बेलका–३ बस्ने रविलाल सदाकी श्रीमती गर्वी सदाको उपचारका लागि खाजा खर्च कटाएर सहयोग गरेको विद्यालयका डाइरेक्टर कैलाश लिम्बूले जानकारी दिए । उनका अनुसार सदाको हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर रहेको भन्ने विद्यालयमा जानकारी आएपछि विद्यार्थीले ५ हजार २ सय र धरान मेघा कलेजको तर्फबाट ५ हजार सहयोग प्रदान गरिएको उनले जानकारी दिए ।


