धरानः स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरी इटहरी उपमहानगरपालिका–६ का ३४ वर्षीय शंकर पोख्रेल रहेका छन् । पथरीशनिश्चरे नगरपालिका–२ जयचोकमा बा२०च २१६२ नम्बरको स्कारपियोले प्रदेश १–०२–०४४ प ९९४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका पोख्रेललाई उपचारको लागि पथरी अस्पताल पुरयाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कारपियो र चालक सप्तरी फत्तेपुर नगरपालिका–१ का २६ वर्षीय रोशन विकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
यस्तै, रुखबाट लडेर १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका–१० सोमबारेकी ७३ वर्षीया डम्बरकुमारी दाहाल हुन् ।
रतुवामाई–१० स्थितमा घाँस झार्ने क्रममा रुखबाट लडेर घाइते भएकी दहाललाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पुरयाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको उनले जानकारी दिए ।