Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बान्तावा भाषा पाठ्यक्रम लेखन तथा निर्माण समिति गठन

हाम्रो कोशी आवाज
मंसिर २७ २०७८, सोमबार
बान्तावा भाषा पाठ्यक्रम लेखन तथा निर्माण समिति गठन

धरानः बान्तावा भाषा पाठ्यक्रम लेखन तथा निर्माणका लागि समिति गठन गरिएको छ । आइतबार भोजपुर अमचोक गाउँपालिकाको बलाङ्खामा सम्पन्न विशेष कार्यक्रमले केन्द्र, जिल्ला र गाउँपालिकास्तरीय पाठ्यक्रम लेखन तथा निर्माण समिति गठन गरेको हो ।
किरात राई बान्तावा खिम केन्द्रको आयोजनामा तथा आम्चोक गाउँपालिकाको आर्थिक सहयोग र भाषा आयोगको समन्वयमा सम्पन्न भएको कार्यक्रमले पाठ्यक्रम लेखन तथा निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउने निष्कर्षसमेत निकालेको छ ।
विभिन्न जिल्लाका प्रधानाध्यापकसमेतको उपस्थितिमा भएको कार्यक्रममा अन्य शिक्षकहरूसँगै जनप्रतिनिधि तथा विज्ञषविज्ञहरूको उपस्थिति थियो । उनीहरूले छलफलमा भाग लिँदै बान्तावा भाषा पाठ्यक्रम बन्नु समयानुकूलको भाषिक विकास र आवश्यकता रहेको औंल्याएका थिए ।
किरात राई बान्तावा खिमकी सचिव रिता राराहाङकाअनुसार गठित समितिले पाठ्यक्रम निर्माणका लागि स्थानीय परिवेश र अवस्थाअनुकूलको विषय र सामाग्रीबारे केन्द्रीय समितिलाई सिफारिस गर्नेछन् । सोहीअनुसार पाठ्यक्रम बन्नेछ ।
हाल पाँचथर, इलाम, धनकुटा, उदयपुर, र भोजपुरका नगरपालिका तथा गाउँपालिकाका १९ वटा विद्यालयहरूमा बान्तावा भाषाको पठनपाठन भइरहेको छ ।

प्रकाशित मिति: मंसिर २७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend