धरानः राजस्व अनुसन्धान विभागले राजस्व छल्नेलाई राजस्व चुहावटसम्बन्धी मुद्दामा मुद्दा दायर गरेको छ ।
भद्रपुर भन्सार कार्यालयमा अधिकृत प्रमोद पौडेलसहित नायब सुब्बा नानुका पोखरेल (आचार्य) लक्ष्मी विश्वकर्मा र किशोर आचार्यलाई माल वस्तुको मूल्याङ्कन लापरबाहीपूर्वक गरी राजश्व चुहावट गरेको विभागको आरोप छ ।
उनीहरुविरुद्ध एक करोड ६० लाख ७५ हजार ३७८ बिगो दाबीसहित उच्च अदालत विराटनगरमा मुद्दा दायर गरिएको जनाइएको छ । राजश्व अनुसन्धान विभागको इटहरी कार्यालयले एक करोड ६० लाख ७५ हजार ३७८ रुपैयाँ बिगो माग्दै सोमबार पौडेलसहित चार जनाविरूद्ध मुद्दा दायर गरेको हो । राजश्व चुहावट गरिएको पाइएपछि मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए ।
उनीहरुले भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसुर गरेको भन्दै मुद्दा दर्ता गरिएको जनाइएको छ ।