Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ट्याक्टरबाट खस्दा चक्काले किचेर मृत्यु

हाम्रो कोशी आवाज
मंसिर २८ २०७८, मंगलबार
ट्याक्टरबाट खस्दा चक्काले किचेर मृत्यु

इलामः दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ट्याक्टरबाट खस्दा चक्काले किचेर पूर्णबहादुर घलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलामको माइजोगमाई गाउँपालिका ४ गैरी गाउँस्थित भित्री कच्ची सडक खण्डमा गैरीगाउबाट पराल बोकी नेलालज्योतितर्फ जाँदै गरेको मे१त ११७३ नम्बरको ट्याक्टरमा सवार उनको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
५६ वर्षीय घले अचानक ट्याक्टरबाट सडकमा खस्दा सोही ट्याक्टरको पछाडिको चक्काले किच्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालकको तत्काल नाम, थर, वतन नखुलेको र निज हाल फरार रहेकोकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर २८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend