Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवासहित तीनजना लागूऔषधसहित समातिए

हाम्रो कोशी आवाज
मंसिर २८ २०७८, मंगलबार
धरानका युवासहित तीनजना लागूऔषधसहित समातिए

धरानः धरानका युवा लागूऔषधसहित पक्राउ परेका छन् ।
सोमबार राति ६ बजे विराटनगर महानगरपालिका–१७ मटेरुवाचोकमा धरान–१४ का ३२ वर्षीय अन्सन तामाङलाई पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए । उनलाई लुपिजेसिक ११ एम्पुल, डाइजेपाम ११ एम्पुल र एभिल ११ एम्पुलसहित अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यस्तै, भारतबाट नेपाल आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१६ हुलास चौकमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरीको इटहरी उपमहानगरपालिका–४ का २२ वर्षीय सन्तोष भुजेलको साथबाट लुपिजेसिक ६ एम्पुल, डाइजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुलसहित पक्राउ गरेको छ
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सुन्दरहरैंचा नगरपालिका–५ बलियाबाट मोटरसाइकलमा सवार रहेका केराबारी गाँउपालिका–६ का २१ वर्षीय सागर तमाङलाई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजेल्याब ८ एम्पुल, डाइजेपाम ८ एम्पुल र एभिल ८ एम्पुलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर २८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend