ताप्लेजुङः ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–४ लप्सीबोटेस्थित आमबोटे भीरबाट ५ सय मिटर तल झरी ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दिया राजपुर नगरपालिका–६ का २६ वर्षीय राजु राजवंशी रहेका छन् । मङ्गलबार बिहान साढे १० बजे मे१त ७५०३ नम्बरको बालुवा र डिजेल बोकेको ट्याक्टर दुर्घटना भई घटनास्थलमै राजवंशीको मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दोभानबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।