Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको वार्षिकोत्सव सम्पन्न

हाम्रो कोशी आवाज
मंसिर २८ २०७८, मंगलबार
१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको वार्षिकोत्सव सम्पन्न

विराटनगरः १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको ५६ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको खेलमैदानमा एक विशेष कार्यक्रमका बीच ५६ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक बिसीले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्रले ५६ औं वर्ष पूरा गरेको अवसरमा केन्द्रका परिवारलाई शुभकामना दिँदै नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भूमिका रहने र सक्षम तथा प्रभावकारी प्रहरी संगठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्दतिमा समायानुकुल परिवर्तन हुनु जरुरी रहेको साथै योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरेपश्चात मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा संगठनको अपेक्षाअनुरुप प्रतिफल दिन सक्ने बताए ।
उनले समयको परिवर्तन सँगसँगै नागरिकले प्रहरीबाट अपेक्षा गर्ने सेवा प्रदानमा अपेक्षित सुधार गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै हिजोका दिनहरु भन्दा फरक तर सरल र सहज रुपमा सेवा प्रदान गर्ने भावनाको जरो तालिमका दिनहरुदेखि नै मस्तिष्कमा गढिन जरुरी रहेको हुँदा सोहीअनुसारको प्रशिक्षण प्रदान गर्न तालिम केन्द्रलाई निर्देशन समेत दिए ।
कार्यक्रममा आन्तरिक फुटबल, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन खेलका विजयी हुने खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गरिएको थियो । यस्तै, तालिम केन्द्रमा बर्ष भरीमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक खगेन्द्र धमलाले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले समयानुकुल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने ब्यवसायिक कला, कौसल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने क्रममा स्थापना कालदेखि हालसम्म विभिन्न आधारभूत तथा उन्नत तालिमहरु समेत रुगरी कुल ७८ हजार ४ सय जना प्रहरी अधिकृत तथा जवानहरुलाई प्रशिक्षित गरिसकेको जानकारी गराए ।
कार्यक्रममा केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले उपस्थित सबैमा धन्यवाद दिँदै नयाँ नयाँ चुनौतीसँग सामना गर्न सक्षम, ब्यवसायिक एवं कर्तव्यनिष्ट प्रहरी जनशक्तिको उत्पादन नै एक मात्र बिकल्प रहेकोले प्रशिक्षण पद्दतिलाई आधुनिक, ब्यवस्थित तथा उपलब्धिमुलक बनाउने कार्यमा तालिम केन्द्र निरन्तर अगाडि बढिरहेको बताए । वर्षिकउत्सव कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमति संघकी अध्यक्ष चारु कोइराला बिसी तथा पदाधीकारीहरु, र प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंसिर २८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend