विराटनगरः मोरङको रङ्गेली नगरपालिका–२ मा एक बालिकाको शव खाल्डोमा पुरेको अवस्थामा फेला परेको छ ।
आइतबारदेखि बेपत्ता २१ महिने बालिका निशा उराउ (युनिशा) को शव मंगलबार दिउँसो घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा फेला परेको हो ।
घरदेखि करिब ६० मिटर टाढा रहेको पैनीमा खाल्डो खनेर गाडेको अवस्थामा शव भेटिएको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
बालिकाका बुवा चन्द्र उराउले खाल्डोमा बालिकाको कपडा देखिएपछि प्रहरीलाई खबर गरेको जानकारी दिए । प्रहरीले खाल्डोबाट बालिकाको शव निकालेको जनाएको छ । प्रहरीले अनुसन्धान थालेको जनाइएको छ ।