सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित आफ्नै सालोले छुरा प्रहार गर्दा भिनाजुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इटहरी-४ का ५१ वर्षीय मुरारी गिरी रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । मङ्गलबार बेलुका साढे ४ बजे गिरीकै घरमा बस्दै आएका सालो १९ वर्षीय अर्जुन राईले गिरीको छातीमा छुरा प्रहार गरेका थिए ।
घाइते गिरीलाई उपचारको लागि नोवेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने राईलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी थापाले जानकारी दिए ।
