Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बुलेट मोटरसाइकल चोरेर जोगवनी कटाउन खोज्ने सुनसरीका उमेश समातिए

हाम्रो कोशी आवाज
मंसिर २९ २०७८, बुधबार
बुलेट मोटरसाइकल चोरेर जोगवनी कटाउन खोज्ने सुनसरीका उमेश समातिए

विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट मोटरसाइकल चोरीमा संलग्न एकजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका–३ घर भई विराटनगर महानगरपालिका–११ मा डेरा गरी बस्ने २८ वर्षीय उमेश दाहाल रहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
गत मंसिर २६ गते राति साढे ८ बजे विराटनगरस्थित कोशी अस्पतालको परिसरमा पार्किङ गरी राखेको को२५प ५०२४ नम्बरको बुलेट मोटरसाइकल चोरी भई खोजतलास गर्ने क्रममा प्रहरी चौकी मटेरूवाबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीतर्फ लाँदै गरेको अवस्थामा मोटरसाइकलसहित दाहाललाई पक्राउ गरिएको हो । पक्राउ परेका दहाललाई मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: मंसिर २९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend