विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१० बसपार्कस्थितबाट ‘जागिर लगाइदिन्छु’ भनी ठगी गर्ने एकजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका–२ का ३८ वर्षीय गणेशराज अर्याल रहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
अर्यालले उदयपुर त्रियुगा नगरपालिका–८ का उमेशकुमार दनुवार र प्रेमकुमार दनुवारबाट पटक–पटक गरी नगद १ लाख ७३ हजार रकम लिएको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका अर्यालको जिल्ला अदालत मोरङबाट ठगी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।