Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटनामा तीनजनाको ज्यान गयो

हाम्रो कोशी आवाज
पुष १ २०७८, बिहिबार
मोटरसाइकल दुर्घटनामा तीनजनाको ज्यान गयो

धरानः मोटरसाइकल दुर्घटनामा तीनजनाको ज्यान गएको छ ।
सुनसरी र झापामा मोटरसाइकल दुर्घटनामा परी तीनजनाको ज्यान गएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ साह टोलस्थित पक्की हुलाकी राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–०४४प ३५४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
सोहीस्थनाका वर्ष ४० मो बगे सदालाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । मोटरसाइकल चालक वर्ष २१ को सराज आलम, पछाडि सवार वर्ष २१ को महपुज आलम दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यस्तै, बुधबार बेलुकी ७ बजेको समयमा झापाको कन्काई नगरपालिका–७ दुर्गापुरस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ७९३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे७प २८४६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
प्रहरीका अनुसार ज्यान गुमाउनेमा मोटरसाइकल चालक इलामको रोड गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र सोही ठाउँका मोटरसाइकल पछाडि सवार अन्दाजी ४० वर्षीय चन्द्र बहादुर राई रहेका छन् । बस र बस चालक इलाम चुलाचुली गाउँपालिका–२ का ३१ वर्षीय सरोज ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति: पुष १ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend