Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ट्रकको ठक्करबाट महिलाको मृत्यु

हाम्रो कोशी आवाज
पुष १ २०७८, बिहिबार
ट्रकको ठक्करबाट महिलाको मृत्यु

बिर्तामोडः झापाको कन्काई नगरपालिका–३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कन्काई नगरपालिका–८ की ३८ वर्षीया राधिका सेडाई रहेकी छिन् । बुधबार पौने १२ बजे ना६ख ५७१३ नम्बरको ट्रकले राधिकालाई ठक्कर दिई गम्भीर घाइते बनाएकोमा उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पुरयाउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
ट्रक र ट्रक चालक सर्लाहीको बागमती नगरपालिका–४ का २९ वर्षीय उत्तम वाईबालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति: पुष १ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend