Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीमा यौनधन्दा चलाउने दुईजना रङ्गेहात समातिए

हाम्रो कोशी आवाज
पुष १ २०७८, बिहिबार
इटहरीमा यौनधन्दा चलाउने दुईजना रङ्गेहात समातिए

सुनसरीः सुनसरीको इटहरी उपमहानगपालिका–९ स्थित रिभरसाइड होटल एण्ड लजबाट वेश्यावृत्ति गराउने कार्यमा संलग्न दुईजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा इटहरी–४ का ३६ वर्षीय गौतम लेप्चा र संखुवासभाको नुम गाउँपालिका-५ का २० वर्षीय मिनराज पराजुली रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
गत मंसिर २८ गते रिभरसाइड होटल एण्ड लजमा वेश्यावृत्ति गर्ने गराउने कार्य भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले पीडितलाई उद्वार गरेको छ । पुरुषसँग युवती, महिलालाई यौन सम्पर्क गराएर रकम असुल्ने गरेको समेत खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरुले महिलालाई होटलमा राखेर त्यहाँ आउने अन्य पुरुषसँग यौनसम्पर्क गराई रकम असुल्दै आएको पाइएपछि रङ्गेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ । वेश्यावृत्ति गर्ने गराउने लेप्चा र पराजुली दुवैजनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: पुष १ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend