धरानः अब दुई पाङ्ग्रे सवारी साधनको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याइएको छ ।
महानगरीय ट्राफिक महाशाखा काठमाडौंले यस्तो नियम ल्याएको हो ।
सुरक्षाका लागि भन्दै यातायात व्यवस्था विभागले ऐनमा नै चालकसँगै पछाडि बस्ने यात्रुका लागि हेल्मेट अनिवार्य गर्न प्रस्ताव गरेको हो ।
ऐनमा ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालक र त्यस्तो सवारीमा यात्रा गर्ने अन्य यात्रुले सुरक्षा टोप (हेल्मेट) लगाउनु पर्छ,’ भनी उल्लेख गरिएको छ । तुलनात्मक रुपमा दुई पांग्रे सवारी साधनको दुर्घटना धेरै हुने र पछाडि बस्ने यात्रुको ‘हेड इन्जुरी’का कारण ज्यान जाने गरेको भन्दै हेल्मेट अनिवार्य गर्न लागिएको हो ।
यसअघि हेल्मेट अनिवार्य गर्ने विषयमा अर्बौ रुपैयाको हेल्मेट बिक्री हुने भन्दै स्वार्थका आधारमा ल्याइएको नियम भन्दै विरोध गर्ने गरेका थिए ।
पछाडि बस्नेले पनि हेलमेट लगाउनैपर्ने नियम बाध्यकारी गरेपछि ट्राफिक प्रहरीसँगै सरकारले निकै आलोचना खेप्नु परेको थियो । चौतर्फीरुपमा आलोचना भएपछि असफल भएको थियो ।
