Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्कुटी चोरेर लाँदै गरेको अवस्थामा पक्राउ

हाम्रो कोशी आवाज
पुष २ २०७८, शुक्रबार
स्कुटी चोरेर लाँदै गरेको अवस्थामा पक्राउ

विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१२ पटुवारी टोलबाट स्कुटर चोरीमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा विराटनगर–१२ का २२ वर्षीय गणेशकुमार राम रहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
गत मंसिर २९ गते राति साढे ७ बजे सिर्जना पन्तको को२९प ६६०० नम्बरको स्कुटर चोरी गरी लाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले स्कुटरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका रामलाई जिल्ला अदालत मोरङबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राईले जानकारी दिए ।

प्रकाशित मिति: पुष २ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend