Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टिपर दुर्घटनामा हराइरहेका चालकको शव खोला किनारमा भेटियो

हाम्रो कोशी आवाज
पुष ३ २०७८, शनिबार
टिपर दुर्घटनामा हराइरहेका चालकको शव खोला किनारमा भेटियो

धरानः सोलुखुम्बु लिखुपिके गाउँपालिका–५ टुमालमा टिपर दुर्घटनामा एकजनाको ज्यान गएको छ ।
आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खस्दा चालकको ज्यान गएको हो । एमडी दुगड हाइड्रो पावर हाउसको हेड अफिस किञ्जाबाट मार्बु पावर हाउसतर्फ जाँदै गरेको ना७ख ४५६४ नम्बरको महेन्द्राको हाइवा टिपर अचानक सडकबाट करिब २०० मिटर तल लिखु खोलामा खस्न पुगेको थियो ।
टिपरमा सवार चालक मात्र रहेको जनाइएको छ । दुर्घटनामा चालक हेटौडा नगरपालिकाका जीतबहादुर थिङको मृत्यु भएको हो । दुर्घटना बिहीबार भएको थियो भने शुक्रबार मात्रै उनको शव भेटिएको थियो । उनको शव सडकबाट अन्दाजी ७ सय मिटर तल खोलाको किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष ३ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend