बिर्तामोडः धारिलो हरियार प्रयोग गरी कर्तव्य गरी ज्यान मार्ने एकजना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बू रहेका छन् । गत मंसिर २९ गते दमक नगरपालिका–६ स्थित रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका दमक–२ का २५ वर्षीय तेजप्रकाश पराजुली धाराबाट पानी लिई पसलतर्फ फर्कने क्रममा धारिलो हतियारले काटेको रगताम्मे अवस्थामा पसलधनी सन्तोष पौडेलले फेला पारी उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दमक–१ का २० वर्षीय अर्जुन लिम्बूलाई पौष १ गते प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानको क्रममा पूर्व रिसइवीको कारण घटना घटाएको, घटनामा प्रयोग भएका दशीका सामानहरु निजले आफ्नो भनी साबिती दिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार दाउ १ थान, झोला, कालो रंगको जुत्ता र अन्य कपडाहरु बरामद गरेको छ । पक्राउ परेका लिम्बूलाई झापा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।