सुनसरीः सुनसरीको गढी गाउँपालिका–५ स्थितमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा गढी गाउँपालिका–६ का २५ वर्षीय निराजन राय रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
शनिबार राति ८ बजे को३त ३९ नम्बरको ट्याक्टरको पछाडिको डालामा ठोक्किन गई ना८प ४३९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक रायको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि सवार गढी–६ कै २७ वर्षीय अक्षय राय समेत घाइते भई उपचारको लागि विराट नर्सिङहोम विराटनगर पुरयाइएको छ । मोटरसाइकल र ट्याक्टर इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।