सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थितबाट नियन्त्रित लागूऔषधसहित एकजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका–२ का ३८ वर्षीय कालुबहादुर राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले राईको साथबाट डाइजेपाम ३१ एम्पुल, लुपिजेसिक, एम्पुल ३० एम्पुल, फेनारगन ३३ एम्पुलसहित पक्राउ गरिएको हो । पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय चतराबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।