Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषधसहित समातिएका सार्वजनिक

हाम्रो कोशी आवाज
पुष ६ २०७८, मंगलबार
लागूऔषधसहित समातिएका सार्वजनिक

विराटनगरः मोरङको मिक्लाजुङ गाउँपालिका ६ बाट नियन्त्रित लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ–६ का २६ वर्षीय विक्रम लावतीको घर कोठा खानतलासी गर्दा १५ ग्राम ५० मिलिग्राम नियन्त्रित लागूऔषध ब्राउन सुगर फेला परेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
पक्राउ परेका लावतीलाई नापतौल गर्ने यन्त्र १ थान, को३२प ७६०२ नम्बरको मोटरसाइकल एकथान, मोबाइल एकथान, नगद ५ हजार २५ रुपैयाँसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहको उनले जानकारी दिए ।

प्रकाशित मिति: पुष ६ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend