बिर्तामोडः बिर्तामोडमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बिर्तामोड–१ भगवान चौकस्थित पूर्व-पश्चिम राजमार्गमा दक्षिणबाट उत्तर आई पूर्व मोड्ने क्रममा मे१ख १९५२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा शिवसतासी–१० बस्ने यामनाथ रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शरीरका विभिन्न भागमा चोट लागेर बोल्न नसक्ने अवस्थामा बिएण्डसी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक इलाम सन्दकपुर–३ बस्ने वर्ष २१ को रोशन लिम्बू प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।