Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

२१ महिनाकी युनिसाको हत्यामा संलग्न समातिए

हाम्रो कोशी आवाज
पुष ६ २०७८, मंगलबार
२१ महिनाकी युनिसाको हत्यामा संलग्न समातिए

विराटनगरः मोरङको रंगेली नगरपालिका–२ का चन्द्र उराउको २१ महिनाकी छोरी युनिसा उराउलाई कर्तब्य गरी ज्यान मार्ने कसुरमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रंगेली नगरपालिका–२ का ४६ वर्षीय सैनी उराउ र ३५ वर्षीया संगीता उराउ रहेका छन् । गत मंसिर २६ गते युनिसा उराउ घरबाटै हराई बेपत्ता भएकी थिइन् । खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले युनिसाको लाश घरनजिकै पैनीमा गाडेको अवस्थामा मंसिर २८ गते फेला परेको थियो ।
पक्राउ परेका दुवैजनालाई मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्हरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: पुष ६ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend