संखुवासभाः संखुवासभाको मकालु गाउँपालिका–३ स्थितबाट अवैध जडीबुटीजन्य वनस्पति बोकेको ट्रयाक्टर सहित प्रहरीले पक्राउ गरेको छ ।
मकालु–३ स्थित कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय हेदङनाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा च्यामताङबाट ना७त ५६२१ नम्वरको ट्रयाक्टरको डालामा त्रिपालले छोपी सदरमुकामतर्फ लाँदै गरेको अवस्थामा धुपी १४८.८३८ किलोग्राम, पाखनवेद ७१ किलोग्रामसहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको अवैध वनस्पति, ट्रयाक्टर र चालक संखुवासभा खाँदबारी नगरपालिका–३ का २३ वर्षीय अनिल दर्जी समेतलाई थप अनुसन्धान प्रक्रियाको लागि मकालु बरुण राष्ट्रिय निकुञ्जमा बुझाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।