Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पर्यटकीय भेडेटारमा ‘फुड फेस्टिबल’ को तयारी

हाम्रो कोशी आवाज
पुष ६ २०७८, मंगलबार
पर्यटकीय भेडेटारमा ‘फुड फेस्टिबल’ को तयारी

धरानः पर्यटकीय गन्तव्यस्थलको रूपमा चिनिएको धनकुटाको भेडेटारमा ९ औं ‘भेडेटार फुड फेस्टिबल’ आयोजना हुने भएको छ ।
‘भेडेटार प्रकृतिको गहना, पर्यटक भित्र्याउने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ फेस्टिबल आयोजना हुन लागेको होटल एशोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।
पर्यटक प्रवद्र्धनको लागि प्रत्येक वर्ष आयोजना गरिँदै आएको फेस्टिबल आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित सदाझैं यसवर्ष पनि अंग्रेजी नयाँ वर्षको अवसरमा पुस १६ देखि १८ गतेसम्म तीनदिन आयोजना हुने उनले जानकारी दिए । भेडेटारको प्रचारकै लागि होटल एशोसिएसनले प्रत्येक वर्ष अंग्रजी नयाँ वर्षको समयमा फुड फेस्टिबलको आयोजना गर्ने गरेको उनले जानकारी दिए । ‘यसपटक निकै राम्रो गर्ने लक्ष्य लिएका छौं’, उनले भने, ‘९ गते आयोजना हुने पत्रकार सम्मेलनमा विस्तृत जानकारी दिनेछौं ।’

कोरोना कहरपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धिसँगै भविष्यमा यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थान लागि पर्यटन, होटल व्यवसाय, होमस्टे, यहाँ रहेका व्यवसायीहरुको जीवनस्तर उकास्दै कृषि साँस्कृतिक र शिक्षा क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा समेत राखिएको उनले बताए । फेस्टिबल अवधिमा ३० देखि ४० हजार पर्यटक भित्रयाउने लक्ष्य राखिएको उनले जानकारी दिए ।
साँगुरीगढी गाउँपालिकामा पर्ने धनकुटामा रहेका अन्यन्तै आकर्षक पर्यटकीयस्थल शैलुङडाँडा, पाथीभरा मन्दिर, शंखेश्वर मन्दिर, भेडेटार पार्क, नजिकै रहेको आत्मघर, थुम्कीमा रहेको सूर्योदय बौद्ध पार्क, सिम्सुवा झरना (नमस्ते झरना), नाम्जेमा रहेका होमस्टे, ओख्रे भ्यू टावर, ध्वजेडाँडा, अजङ्गको बरको रुख, थाउजेन बिग बुद्धलगायत भेडेटार वरपर रहेका दर्जनौंभन्दा बढी पर्यटकीयस्थलको जानकारी गराउँदै पर्यटकलाई आकर्षित गराउन फुड फेस्टिबलको आयोजना गर्न लागिएको जनाइएको छ ।

प्रकाशित मिति: पुष ६ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend