संखुवासभाः संखुवासभामा कुटपिटबाट दुईजनाको मृत्यु भएको छ ।
कुटपिटबाट पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारी जानकारी दिए ।
प्रहरीले विष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा श्रीमान दिपन राईलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक अधिकारीले बताए । हत्यामा संलग्न दिपनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, मंगलबार खाँदबारी नगरपालिका–११ मा जीवन दर्जीको कुटपिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जी मृत्यु भएको छ । आपसी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका चन्दको उपचारका क्रममा जिल्ला अस्पताल संखुवासभामा मृत्यु भएको हो ।
हत्यामा संलग्न भएको आरोपमा जीवनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।