Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पाँचतले घरको छतबाट खस्दा मृत्यु

हाम्रो कोशी आवाज
पुष ७ २०७८, बुधबार
पाँचतले घरको छतबाट खस्दा मृत्यु

इलामः इलाम नगरपालिका–८ मा पाँचतले घरको छतबाट खस्दा एक महिलाको मृत्यु भएको छ ।
धोवीधारा नजिकै महिलाले आफ्नै घरको छतबाट हाम फालेको हुनसक्ने जनाइएको छ । पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
प्रधानले मङ्गलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको र घरको तेस्रो तलामा बजारिएको प्रहरीले जानकारी दिएको छ । उनले छतको रेलिङमा चढेर हाम फालेको दाबी गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: पुष ७ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend