Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१३ का एक व्यक्ति बैंकिङ कसुर मुद्दामा पक्राउ

हाम्रो कोशी आवाज
पुष ७ २०७८, बुधबार
धरान-१३ का एक व्यक्ति बैंकिङ कसुर मुद्दामा पक्राउ

विराटनगरः बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी धरान-१३ का ३८ वर्षीय मुन्ना थापालाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत विराटनगरको मिति २०७६।०१।१६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष ६ महिना कैद र ४ लाख ५० हजार ७ सय ६६ रुपैयाँ जरिवाना भएतापनि हालसम्म फरार रहँदै आएका थापालाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआइटीबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान पक्राउ गरेको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
पक्राउ परेका थापालाई सुनसरी जिल्ला अदालतमा दाखिला गरेको तथा अदालतबाट कैद भुक्तानको लागि मङ्गलबार नै कारागार चलान गरेको गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष ७ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend