Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान आउँदै गरेकी महिला गुडिरहेको बसभित्रै मृत भेटिएपछि…

हाम्रो कोशी आवाज
पुष ७ २०७८, बुधबार
धरान आउँदै गरेकी महिला गुडिरहेको बसभित्रै मृत भेटिएपछि…

धरानः भोजपुरबाट धरान आउँदै गरेको एक बसमा महिला मृत भेटिएकी छिन् ।
धनकुटामा आइपुगेपछि उनी बसभित्रै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । बुधबार करिब साढे ३ बजे उनी धनकुटाको पात्लेखोलानजिक आइपुग्दा मृत भेटिएको कर्मचारी बसका कर्मचारीले बताएका छन् ।
धरान आउँदै गरेको प्र १-०२-००१ ख ८१०७ नम्बरको सहयात्री नामक बसमा सवार भोजपुरको अरुण गाउँपालिका-५ घर भएकी करिब ३५ वर्षीया कमला भुजेल श्रेष्ठ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए । उनका अनुसार सिटमा घोप्टे परेको र अचेत अवस्थामा उनी भेटिएकी थिइन् । बसका कर्मचारीले थाहा पाएपछि उनलाई जिल्ला अस्पताल धनकुटा लगिएको थियो । त्यहाँ पुगेपछि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
उनी भोजपुरबाट तीन वर्षीया छोरीसँगै बसमा चढेको बसका कर्मचारीहरु बताउँछन् । उनी भोजपुर घर भएपनि श्रीमानसहित धरानमा बस्दै आएको प्रहरीले जनाएको छ । डिएसपी कार्कीका अनुसार उनी माइतीगाउँबाट धरान फर्किदै थिइन् । प्रहरीले उनको शरीरमा कुनै चोटपटक नदेखिएको जनाएको छ । डिएसपी कार्कीले भने थप अनुसन्धान अघि बढाइसकेको जनाएका छन् ।

प्रकाशित मिति: पुष ७ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend