Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-इटहरी सडक खण्डमा पैदलयात्रीलाई ठक्कर

हाम्रो कोशी आवाज
पुष ९ २०७८, शुक्रबार
धरान-इटहरी सडक खण्डमा पैदलयात्रीलाई ठक्कर

धरानः सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । इटहरी-धरान सडक खण्डअन्तर्गत हलगडामा पैदलयात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार इटहरी-४ कि देवीमाया खड्काको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।
प्रदेश १-०१०० ख नम्बरको ट्रकले पैदलयात्रामा रहेकी खड्कालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । इटहरीबाट धरानतर्फ आउँदै गरेको मालबाहक ट्रकले ठक्कर दिँदा उनी घाइते बनेकी हुन् । ट्रकले ठक्कर दिएलगत्तै उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको तर त्यहाँ पुरयाएपछि चिकित्सकले महिलालाई मृत घोषणा गरेको डिएसपी तिम्सिनाले जानकारी दिए ।

स्थानीय ६५ वर्षीया खड्कालाई चालकले ब्याक (पछाडि) सारेर हत्या गरेको भन्दै स्थानीयले केहीबेर सडक समेत अवरुद्ध गरेका थिए । घटना करिब पौने ११ बजे घटेको थियो । घटनापछि महिलाको मृत्यु भएपछि उनीहरुले सडकमा टायर बालेर प्रदर्शन समेत गरेका थिए । सडक नै अवरोध गरेर प्रदर्शन गर्दाले करिब एकघण्टा सडक नै अवरुद्ध बनेको थियो । अहिले त्यहाँको स्थिति सामान्य बनेको प्रहरीले जनाएको छ । ‘करिब एकघण्टाजति सडक अवरुद्ध बन्यो’, उनले भने, ‘तर अहिले स्थिति सामान्य बनिसकेको छ ।’ डिएसपी तिम्सिनाले भने ।
ठक्कर दिने ट्रक र ट्रक चालक तेह्रथुम जिल्ला बस्ने पेम्बा शेर्पा प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । ट्रकले ठक्कर दिएपछि ती वृद्धा सडकमा ढलेको र पछाडि ब्याक गरेर उनलाई ट्रकले किच्याएको आफन्तको दावी छ ।

प्रकाशित मिति: पुष ९ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend