Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको प्रभात स्कुल नयाँ व्यवस्थापनद्वारा सञ्चालनमा

हाम्रो कोशी आवाज
पुष ९ २०७८, शुक्रबार
धरानको प्रभात स्कुल नयाँ व्यवस्थापनद्वारा सञ्चालनमा

धरानः धरान–१२ स्थित प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीले प्रतिभा प्रदर्शन गरेका छन् ।
क्रिसमसको अवसरमा उनीहरुका लागि विद्यालयले ‘ट्यालेण्ट शो’ आयोजना गरेको थियो । ट्यालेण्ट शोअन्तर्गत गायन र नृत्य प्रतियोगितात्मक कार्यक्रम आयोजना भएको हो । प्रतियोगितामा सिनियर र जुनियर गरेर ३५ जना विद्यार्थीले भाग लिएका थिए ।
कार्यक्रममा सिनियरतर्फ कक्षा–८ की अनिषा खत्रीले नृत्य पस्किएर पहिलो स्थान हात पारेकी थिइन् भने कक्षा–१० का विनोद बराइलीले गीत गाएर दोस्रो बनेका थिए । यस्तै, कक्षा–८ की युनिका लिम्बूले नृत्य प्रस्तुत गरेर तेस्रो स्थान हात पारिन् ।
यस्तै, जुनियरतर्फ कक्षा–३ की विनिता बराइली, कक्षा–३ की अनुष्का गिरी, कक्षा–५ का सुरेन रसाइलीले नृत्य देखाएर क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।
कार्यक्रममा पहिलो, दोस्रो, तेस्रो हुनेलाई पुरस्कारपनि वितरण गरिएको थियो । प्रतियोगिताको निर्णायकहरुमा शिक्षकहरु बासु पोख्रेल, विपीन धिताल, रेवत लिम्बू रहेका थिए । ट्यालेण्ट शोमा गीत, नृत्यसँगै विद्यार्थी स्पीच, अभिनय, कविता, जोक्स पनि सुनाएका थिए । कार्यक्रममा जसले राम्रो प्रतिभा देखाएका थिए, उनीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने लक्की ड्र पनि गरिएको थियो । सो बेला सिनियर र जुनियर छुटयाएर पुरस्कार पनि दिइएको थियो । कार्यक्रममा मन्टेश्वरी र नर्सरीका साना साना नानीहरुले रयाम्स, नृत्य देखाएका थिए भने विद्यार्थीले पियानो बजाएर प्रतिभा पस्किएका थिए ।
कार्यक्रममा प्रिन्सिपल विष्णु राई, सहायक प्रिन्सिपल योगेन राई, कोअर्डिनेटर सरोज गजमेरलगायत शिक्षक–शिक्षिकाले पुरस्कार वितरण गरेका थिए ।
गत असोज महिनादेखि प्रभात स्कुल नयाँ व्यवस्थापनका साथ सञ्चालन हुन थालेको प्रिन्सिपल राईले जानकारी दिए । ‘कोरोनाको कहरपछि हामीले विद्यालय लिएका छौं तर पनि विद्यालयलाई गति दिन लागिपरेका छौं, हामी गुणस्तरीय शिक्षामा जोड दिँदै अघि बढ्नेछौं, बालबालिकाको भविष्य उज्ज्वल बनाउनेछौं ।’ प्रिन्सिपल राईले थपे ।
उनले नयाँ र रचनात्मक कार्यका साथ स्कुललाई गति दिन लागिपरेको बताउँदै भने, ‘हामी पढाइका साथै अतिरिक्त क्रियाकलापका गतिविधिलाई सक्रियताका साथ अघि बढाउँछौं, यसले लुकेर रहेका बालबालिकाका प्रतिभा बाहिर निस्किन्छ भन्ने हामीले बुझेका छौं, सोही अनुसार अघि बढ्छौं र लुकेर रहेका प्रतिभालाई बाहिर निकाल्छौं ।’
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: पुष ९ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend