Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको ज्यान गयो, दुईजना घाइते

हाम्रो कोशी आवाज
पुष ११ २०७८, आइतबार
मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको ज्यान गयो, दुईजना घाइते

बिर्तामोडः झापामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
कचनकवल गाउँपालिका २ मा भारतीय नम्बर प्लेटको डब्लु बी ७४प९७१७ नम्बरको मोटरसाइकल र मे४प ९५०० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनामा कचनकवल गाउँपालिका ४ का ४० वर्षीय शेषलाल राजवंशीको मृत्यु भएको छ। २७ वर्षीय शिवलाल माझी र ४४ वर्षीय सजन राजवंशी घाइते भएका छन्।
दुर्घटनामा गम्भीर घाइते राजवंशीको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।

प्रकाशित मिति: पुष ११ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend