Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको कृषि बजारमा पर्शुराम आए

हाम्रो कोशी आवाज
पुष ११ २०७८, आइतबार
धरानको कृषि बजारमा पर्शुराम आए

धरानः धरान–१३ स्थित कृषि उपज बजार व्यवस्थापन समितिको अध्यक्षमा पुनः परशुराम कटुवाल निर्वाचित भएका छन् ।
कृषि उपज बजारस्थलको सभा हलमा शनिबार सम्पन्न निर्वाचनमा तीन वर्षे कार्यकालका लागि अध्यक्षमा कटुवालसहित ५ जना सदस्यहरू निर्वाचित भएका हुन् । कार्यसमितीको सदस्यहरुमा भक्तिकुमार राई (विनोद), रमेशकुमार शाह कृषक समूहबाट झुमादेवी राई, राजेश मेहेता, पदम लिम्बू निर्वाचित भएका छन् । यस्तै, वडाध्यक्ष सदस्य रहने प्रावधान अनुसार १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्ले सदस्य भएका छन् ।

प्रकाशित मिति: पुष ११ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend