धरानः ग्राहकको अधिक माग एवम् अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा धरानमा आज (आइतबार) देखि बजाजको एक्सचेञ्ज एन्ड अपग्रेड महामेला सञ्चालन भएको छ ।
नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल एवं लोकप्रिय ब्राण्ड बजाजको धरानका लागि आधिकारिक बिक्रेता अर्विन एन्ड ब्रदर्श अटोले आजदेखि आफ्नै सोरुम परिसरमा एक्सचेन्ज एन्ड अपग्रेड महामेला सुरु गरेको हो ।
आज पुस ११ गतेदेखि १५ गतेसम्म धरानमा रहेको अर्विन एन्ड ब्रदर्श अटोको आफ्नै शोरुममा हुने महामेलामा पुरानो मोटरसाइकलको अधिक मूल्याङ्कन बजार मूल्यभन्दा १० हजार थप मूल्याङ्कन, शुन्य प्रतिशत ब्याजदरमा सरल फाइनान्सको सुविधा, नगद तथा एक्सचेञ्जबाट खरिद गर्ने ग्राहकहरूले विभिन्न उपहार तथा नगद जित्न सक्ने अर्विन एन्ड ब्रदर्स अटोका सञ्चालक अर्विन तामाङले जानकारी दिए ।
एक्सचेञ्ज एन्ड अपग्रेड महामेलामा हरेक खरिदकर्ताले आकर्षक हेलमेट, लेगगार्ड, बाइक कभर र पञ्जा निःशुल्क प्राप्त गर्नेछन । ग्राहकले ३० प्रतिशत डाउन पेमेन्टबाट १३ प्रतिशत व्याजमा दुई बर्षे र ५० प्रतिशत पेमेन्ट गरे शून्य प्रतिशत व्याजमा १८ महिनाको किस्तामा समेत मोटरसाइकल खरिद गर्न सक्नेछन् । नयाँ वर्षमा नयाँ सवारी भित्रयाउन चाहने ग्राहकहरूको लागि एक्सचेञ्ज मेला फलादायी हुने सञ्चालक तामाङले बताए ।



