Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा मोटरसाइकल र साइकल जुध्दा एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
पुष ११ २०७८, आइतबार
सुनसरीमा मोटरसाइकल र साइकल जुध्दा एकजनाको मृत्यु

सुनसरीः सुनसरीको बर्जु गाउँपालिका-२ स्थित सडक खण्डमा मोटरसाइकल र साइकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका-६ का २२ वर्षीय रञ्जीत चौधरी रहेका छन् । को२१प ९४४६ नम्बरको मोटरसाइकलले साइकलयात्री बर्जु-१ का ४५ वर्षीय चमरु ऋषिदेवलाई ठक्कर दिँदा दुवैजना घाइते भई नोवेल अस्पताल विरानगरमा उपचार भइरहेको थियो ।
उपचारको क्रममा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: पुष ११ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend