Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ओभरटेक गर्दा टिपरसँग ठोक्किएर श्रीमानको मृत्यु, श्रीमती घाइते

हाम्रो कोशी आवाज
पुष ११ २०७८, आइतबार
ओभरटेक गर्दा टिपरसँग ठोक्किएर श्रीमानको मृत्यु, श्रीमती घाइते

उदयपुरः उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर स्थितमा टिपरसँग ठक्कर लाग्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१ का २५ वर्षीय गंगाराम चौधरी रहेको उदयपुर प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
आइतबार बिहान ९ बजे चौदण्डीगढी–५ भित्री सडक खण्डमा प्रदेश १–०२–००१ क ३८९६ नम्बरको टिपरलाई स१०प ८७९८ नम्वरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा टिपरसँग ठक्कर लागेर दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।
सोही मोटरसाइकल पछाडि सवार निजको श्रीमती २४ वर्षीया संगीता चौधरी समेत घाइते भएको र फत्तेपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सो टिपर र चालक सुनसरी हरिपुर गाउँपालिका–८ का सुनिल दाहाललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: पुष ११ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend