पाँचथरः पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङका इन्द्रकुमार नेम्वाङ श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
सामान्य घरायसी विषयमा विवाद हुँदा रिसको आवेगमा श्रीमानले आफ्नै श्रीमती ४५ वर्षीया जीवनकुमारी नेम्वाङलाई लोहोरोले टाउकोमा प्रहार गर्दा घाइते भएकी नेम्वाङको बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको थियो ।
गत पुस ९ गते दिउँसो ४ बजे घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न नेम्वाङलाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरले थप अनुसन्धान गरिरहेको छ ।

