Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राति माछापुच्छ्र्रे बैंकको एटिएम तोडफोड

हाम्रो कोशी आवाज
पुष १२ २०७८, सोमबार
राति माछापुच्छ्र्रे बैंकको एटिएम तोडफोड

विराटनगरः मोरङको विराटनगर महानगरपालिका–३ कञ्चनबारीस्थितमा रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोडमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २१ बर्षिय पारस कालिकोटे रहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
आइतबार राति साढे ९ बजे एटिएम मेसिन तोडफोड भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सि.आर.भि. पोष्ट भट्टाचोकबाट तत्कालै प्रहरी टोली परिचालन भई तोडफोडमा संलग्न कालिकोटेलाई पक्राउ गरेको हो । पक्राउ परेका कालिकोटेको जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष १२ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend