Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्राउनसुगरसहित एकजना समातिए

हाम्रो कोशी आवाज
पुष १२ २०७८, सोमबार
ब्राउनसुगरसहित एकजना समातिए

बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका–१ पूर्व शान्ति टोलबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।
सो स्थानबाट लागूऔषध ब्राउनसुगरको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ का २१ वर्षीय अवि शेखलाई २ ग्राम ४७० मिलिग्राम लागूऔषधसहित आइतबार बेलुका ७ बजे पक्राउ गरेको हो । पक्राउ परेका शेखको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: पुष १२ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend