Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सोलुखुम्बुमा जलविद्युतको पाइप विष्फोट

हाम्रो कोशी आवाज
पुष १२ २०७८, सोमबार
सोलुखुम्बुमा जलविद्युतको पाइप विष्फोट

धरानः सोलुखुम्बुमा दुईजना इञ्जिनियरको मृत्यु भएको छ ।
निर्माणाधीन सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा परीक्षणका क्रममा दुईजना इन्जिनियरको मृत्यु भएको हो । आइतबार दिउँसो ३ बजेतिर निर्माणाधीन ८६ मेगावाट क्षमताको आयोजनामा पानी परीक्षणका क्रममा दुईजना इन्जिनियरको मृत्यु भएको हो ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीकाअनुसार सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट हुँदा तीनजना गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा परी आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हो ।
उनका अनुसार पानीको प्रेसर नमिलिरहेको बेला पाइपको वेल्डिङ छुट्टिएपछि दुर्घटना भएको हो । घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर विराटनगरका मोहम्मद राइन गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लगिएको छ । दुवैको शव पोस्टमार्टमका लागि सोमबार बिहान हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष १२ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend