Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पर्यटकीय भेडेटारमा ‘फुड फेस्टिबल’ पुस १६ गतेदेखि

हाम्रो कोशी आवाज
पुष १२ २०७८, सोमबार
पर्यटकीय भेडेटारमा ‘फुड फेस्टिबल’ पुस १६ गतेदेखि

धरानः पर्यटकीय गन्तव्यस्थलको रूपमा चिनिएको धनकुटाको भेडेटारमा ९ औं ‘भेडेटार फुड फेस्टिबल’ आयोजना हुने भएको छ ।
‘भेडेटार प्रकृतिको गहना, पर्यटक भित्र्याउने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ फेस्टिबल आयोजना हुन लागेको होटल एशोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।
पर्यटक प्रवद्र्धनको लागि प्रत्येक वर्ष आयोजना गरिँदै आएको फेस्टिबल आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित सदाझैं यसवर्ष पनि अंग्रेजी नयाँ वर्षको अवसरमा पुस १६ देखि १८ गतेसम्म तीनदिन आयोजना हुने उनले जानकारी दिए । भेडेटारको प्रचारकै लागि होटल एशोसिएसनले प्रत्येक वर्ष अंग्रजी नयाँ वर्षको समयमा फुड फेस्टिबलको आयोजना गर्ने गरेको उनले जानकारी दिए । ‘यसपटक निकै राम्रो गर्ने लक्ष्य लिएका छौं’, उनले भने, ‘यसपटक अन्य वर्षहरुको भन्दा अलिक फरक किसिमको फेस्टिबल आयोजना हुनेछ ।’
फेस्टिबलमा भेडेटार क्षेत्रमा पाइने जातीय खानेकुरा, अर्गानिक खानेकुराको प्रर्वद्धन गरिनेछ भने स्थानीय कृषि, घरेलु उत्पादनको प्रर्वद्धन हुने सचिव तुमराज लिम्बूले बताए । स्थानीय जातीय (राई, लिम्बू, मगर, तामाङ र नेवारी) खानेकुराहरु प्रदर्शन गरिने आयोजकले जनाएको छ । यस्तै, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूल, हस्तकला, कृषि तथा घरेले उत्पादनको प्रदर्शनी, मौलिक परम्परागत सांस्कृतिक झाँकी पस्किने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
कोरोना कहरपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धिसँगै भविष्यमा यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थान लागि पर्यटन, होटल व्यवसाय, होमस्टे, यहाँ रहेका व्यवसायीहरुको जीवनस्तर उकास्दै कृषि साँस्कृतिक र शिक्षा क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा समेत राखिएको उनले बताए । फेस्टिबल अवधिमा २० देखि ३० हजार पर्यटक भित्रयाउने लक्ष्य राखिएको उनले जानकारी दिए ।

साँगुरीगढी गाउँपालिकामा पर्ने धनकुटामा रहेका अन्यन्तै आकर्षक पर्यटकीयस्थल शैलुङडाँडा, पाथीभरा मन्दिर, शंखेश्वर मन्दिर, भेडेटार पार्क, नजिकै रहेको आत्मघर, थुम्कीमा रहेको सूर्योदय बौद्ध पार्क, सिम्सुवा झरना (नमस्ते झरना), नाम्जेमा रहेका होमस्टे, ओख्रे भ्यू टावर, ध्वजेडाँडा, अजङ्गको बरको रुख, थाउजेन बिग बुद्धलगायत भेडेटार वरपर रहेका दर्जनौंभन्दा बढी पर्यटकीयस्थलको जानकारी गराउँदै पर्यटकलाई आकर्षित गराउन फुड फेस्टिबलको आयोजना गर्न लागिएको जनाइएको छ ।
तीनदिने फुड फेस्टिबलमा भेडेटारका होटल तथा लजहरु साथै जीपलाइन र प्याराग्लाइडिङमा रमाउन चाहने पर्यटकहरुले पनि शुल्कमा छुट पाउने जनाइएको छ । आयोजकका अनुसार तीनदिने फेस्टिवलमा भेडेटारका होटल र लजहरुले १० प्रतिशत छुट दिनेछ भने हेलिकप्टरमा फन फ्लाइट गर्दा ५ हजार मात्र शुल्क लाग्नेछ । यस्तै, देवीथान जीपलाइनमा ३ वटै क्याटोगोरीमा १५ प्रतिशत छुट पाइनेछ भने प्याराग्लाइडिङमा पनि फेस्टिबल अवधिभर पर्यटकहरुले ३० प्रतिशत छुट पाउने जनाइएको छ । फेस्टिबलमा १ करोड बराबरको कारोबार हुने अपेक्षा छ ।
साँझ साँस्कृतिक कार्यक्रममा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुतिमा पनि पर्यटकहरु रमाउन पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: पुष १२ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend