Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रको वसन्त ऋतु माविमा ट्राफिकसम्बन्धी जनचेतना

हाम्रो कोशी आवाज
पुष १२ २०७८, सोमबार
बराहक्षेत्रको वसन्त ऋतु माविमा ट्राफिकसम्बन्धी जनचेतना

बराहक्षेत्रः सुनसरीको बराहक्षेत्रमा पछिल्लो समय धेरैको रोजाइमा परेको सामुदायिक विद्यालय हो, वसन्त ऋतु मावि, बराहक्षेत्र–७ ढिकझोडा, सोमबारेमा रहेको यस विद्यालयले आफ्ना विद्यार्थीहरुलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि निकै अगाडि बढाइरहेको छ ।
सोमबार विद्यालयका सूचना अधिकारी सुमन विकलको संयोजकत्वमा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा इलाका प्रहरी कार्यालयका ट्राफिक प्रहरी देवराज विष्टले सहजीकरण गरेका थिए भने स्वागत मन्तव्य विद्यालयका शिक्षक लेखु न्यौपानेले राखेका थिए ।
कार्यक्रममा विद्यालयका प्रअ प्रकाश पोखरेलले विद्यालयलाई अगाडि बढाउन जस्तोसुकै कठिनाइ आएपनि पछि नहट्ने बताएका छन् । पछिल्लो समयमा शिक्षकहरुको कामबाट निकै नै सन्तुष्ट भएको समेत प्रअ पोखरेलले बताए ।
सम्पन्न जनचेतनामूलक कार्यक्रमबाट विद्यार्थीहरु निकै खुशी भएको शिक्षक रुपा तामाङले जानकारी दिए । विद्यालयमा युवा शिक्षकको संख्या बढ्दै गएसँगै विद्यालयले मुहार फेर्दै गएको र विद्यार्थीहरु निजी विद्यालयबाट वसन्तऋतु माविमा आकर्षित भएको शिक्षक जानुका आचार्यले बताइन् । शिक्षक सिर्जना पौडेलले विद्यालयले अभिभावकको मन जित्दै गएको बताइन् ।
विद्यालयका शिक्षक हिमा विक, फणिन्द्र पौडेल र सुमन विकले आफ्ना सन्तानलाई आफ्नै विद्यालयमा भर्ना गरेकोमा अभिभावकहरु समेत निकै उत्साहित भएको प्रधानाध्यापक पोखरेलले बताए ।

प्रकाशित मिति: पुष १२ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend