Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रोटरी क्लबमा कविन

हाम्रो कोशी आवाज
पुष १३ २०७८, मंगलबार
रोटरी क्लबमा कविन

विराटनगरः रोटरी क्लब विराटनगरको अध्यक्षमा कविन श्रेष्ठ चयन भएका छन् ।
धनकुटाको हिलेमा सम्पन्न रोटरी क्लव विराटनगको भेलाले प्रथम उपाध्यक्षमा मनोजविक्रम शाह, सचिवमा शिवप्रसाद अधिकारी, सहसचिवमा प्रभु तोदी, कोषाध्यक्षमा नरेश राठी र सहकोषाध्यक्षमा पूजा सिंह चयन गरेको हो ।
यस्तै, सदस्यता विस्तारमा कोपिला अग्रवाल, क्लब प्रशासकमा सरिता अग्रवाल सेवा परियोजनामा नन्दीप अग्रवाल, सार्वजनिक सम्पर्क अधिकारीमा विनिता धाडेवा, रोटरी कोषमा राजकुमार शर्मा, युवा सेवामा विनोद अग्रवाल प्रमुख (संयोजक) छन् । सचेतकमा प्रविण अग्रवाल, क्लब सम्पादकमा दिनेश गडतौला, सल्लाहकारमा बेनीगोपाल मुन्दडा, प्रशिक्षकमा बद्री कटुवाल, सूचना प्रविधि व्यवस्थापनमा इन्द्रकुमार पौडेल, वेव डिजाइनरमा हितेष झुनझुनवाला छन् ।
निर्वाचन समितिका प्रमुख आयुक्त बेनीगोपाल मुन्दडा र आयुक्तद्वय डा बिजु थपलिया र विनोद अग्रवालको टोलीले उनीहरूलाई सर्वसम्मत रूपमा निर्वाचित भएको घोषणा गरेका थिए । सो अवसरमा रोटरी क्लब विराटनगर अध्यक्ष सुरेन्द्र गोल्छा, प्रस्तावित अध्यक्ष कमल बस्नेतले शुभकामना दिएका थिए । नयाँ समितिको कार्यकाल विक्रम सम्वत २०७९ असारको दोस्रो हप्तादेखि सुरू हुने छ ।

प्रकाशित मिति: पुष १३ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend