Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एकैदिन तीन दुर्घटना, पाँचजनाको मृत्यु

हाम्रो कोशी आवाज
पुष १४ २०७८, बुधबार
एकैदिन तीन दुर्घटना, पाँचजनाको मृत्यु

धरानः एकैदिन भएका तीन दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ ।
मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ चिसापानी ४ बस्ने वर्ष २३ को अनिल विक, सवार जिल्ला चितवन राप्ती ४ बस्ने वर्ष १९ को किसन सेञ्चुरी र अर्का सवार जिल्ला ताप्लेजुङ भुइखोला ३ बस्ने वर्ष १९ को अनिल लामगादे रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
तीनैजनाको घटनास्थलमै मृत्यु भएको थियो । झापाको दमक–२ भाङबारीस्थित उत्तर दक्षिण भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र१–०२–०४३प ६९२६ नम्बरको तीनजना सवार मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेऊको रुखमा ठोक्किएको थियो । तीब्रगतिका कारण मोटरसाइकल रुखमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।
यस्तै, पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
मोरङ उर्लाबारी नगरपालिका ८ अठ्ठियाबारीस्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को१७प ८०७० नम्बरको मोटरसाइकललाई दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको नम्बर नखुलेको पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक झापाको दमक–३ बस्ने वर्ष १९ को विकास घले र सोही मोटरसाइकलमा पछाडि सवार वर्ष २० को मगलसिंह राई गम्भीर घाइते बनेका थिए ।
दुईजनामध्ये मंगलसिंह राईको बिएण्डसी अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी तिम्सिनाले जानकारी दिए । ठक्कर दिने भ्यान फरार पिकअप भ्यानको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । तीब्र गतिको कारणले दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको झापा गाउँपालिका–४ रुइमारी ट्याक्टरले किचेर एकजनाको ज्यान गएको छ । भित्री कच्ची सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे१त ४७०९ नम्बरको खाली ट्याक्टर आफैं अनियन्त्रित भई पल्टिँदा ट्याक्टर चालक बस्ने वर्ष २० को सुनिल हेमरनलाई ट्याक्टरले किचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना मङ्गलबार दिउँसो र साँझको हो ।

प्रकाशित मिति: पुष १४ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend