Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कटुवा पेस्तोल सहित १ जना पक्राउ

हाम्रो कोशी आवाज
पुष १४ २०७८, बुधबार
कटुवा पेस्तोल सहित १ जना पक्राउ

धरान: सुनसरीको दुहवी नगरपालिका-३ बाट १ थान पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उप-महानगरपालिका-१२ खनारका ३४ बर्षीय काउ भनिने शुसिल शाह रहेका छन् । शाहले पेस्तोल लिई हिडिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले राती साँढे १० बजे दुहवी-३ बाट शाहलाई पक्राउ गरेको हो । शाहको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल र १ थान फिङगर पहुँच बरामद गरेको छ । हतियार सहित पक्राउ परेका शाहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नियन्त्रीत लागुऔषध सहित ४ जना पक्राउ

बिराटनगर, २०७८ पौष १४ गते ।

झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट मंगलवार राती  नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झिलझीलेबाट खटिएको प्रहरी टोलीले मंगलवार राती साँढे ६ बजेको समयमा शिवसताक्षी नगरपालिका-११ बाट ३ जनालाई नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय २१ बर्षिय सौरभ कडरिया, २२ बर्षिय निशान न्यौपाने र याशोक गाउँपालिका-२ पाँचथर घर भई सोही स्थानमा बस्दै आएका २८ बर्षीय प्रकाश खड्का रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ३ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद सात हजार बरामद गरेको छ । यसैगरी मोरङको बिराटनगर महानगरपालिका-६ बाट लागुऔषध ट्याब्लेट सहित  १ जना पक्राउ परेका छन् । मंगलवार राती ९ बजेको समयमा  CRV POST केशलिया मार्गबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-८ का ३८ बर्षिय अम्बर बहादुर गदाललाई लागुऔषध लुपिजेसिक ३२ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरेहेको छ ।

 

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर

सूचना समन्वय अधिकृत/प्रहरी प्रवक्ता

प्रहरी  उपरीक्षक :- नविनराज राई

Email-e2@nepalpolice.gov.np

सम्पर्क नम्बरः-९८५१२८०२१०, ९८५२६९४४४४

प्रकाशित मिति: पुष १४ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend