Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा होण्डाको एक्सचेन्ज अफर

हाम्रो कोशी आवाज
पुष १७ २०७८, शनिबार
धरानमा होण्डाको एक्सचेन्ज अफर

धरानः नयाँ वर्ष २०२२ को अवसरमा धरान-८, बरगाछीस्थित देव ट्रेडर्स होण्डा शोरुम धरानले यही पुस १८ गते आइतबारदेखि २३ गते शुक्रबारसम्म होण्डा बोनस एक्सचेन्ज अफर ल्याएको छ ।
एक्सचेन्जमा बोनस बापत कुनैपनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी होण्डाको दुईपाङ्ग्रे सवारी खरिद गर्दा ग्राहकहरुले मूल्याङ्कन बोनस बापत ७ हजारसम्म थप भ्यालु पाउन सक्ने मोटर्सका सञ्चालक देवेन्द्र कुँवरले जानकारी गराए ।
‘होण्डाको एक्सचेञ्जमा ग्राहकहरूले मूल्याङ्कन बोनसबापत ७ हजारसम्म थप भ्यालु पाउन सक्नेछन् । मोटरसाइकल तथा स्कुटर चलाउँदा सजिलो र आरामदायी हुने ग्राहकहरुको प्रत्यक्ष अनुभव अघिल्ला एक्सचेन्जबाट प्राप्त भएको छ ।’ कुँवरले भने, ‘सो अनुभवका लागि शोरुमले भर्खरै मात्रै बजारमा आएको र ग्राहकहरूले अत्याधिक रुचाएको एफआई भर्सनको ग्राजिया स्कुटरको टेस्ट राइड कार्यक्रम समेत राखेको छ ।’
ग्राहकहरुले एक्सचेञ्जमा ल्याउने पुरानो मोटरसाइकल वा स्कुटर नेपाल सरकारको नियमअनुसार लाग्ने कर पूर्णरुपमा चुक्ता भएको र चालु अवस्थामा रहेको हुनुपर्ने कुँवरले बताए ।
नेपालमा होण्डाको स्कुटर सेग्मेण्टमा डिओ, ग्राजिया र मोटरसाइकल सेग्मेण्टमा सीबी साइन, एसपी साइन र युनिकर्न प्रख्यात रहेको उनले जनाए । बलियो इञ्जिन र राम्रो माइलेजको लागि परिचित होण्डाका मोटरसाइकल तथा स्कुटरहरु विश्वभरी सबैभन्दा धेरै बिक्री हुने गरेको उनले दाबी गरे ।

प्रकाशित मिति: पुष १७ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend